पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पाेखरा | पुस ८, २०८२

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।
    

हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार  एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुभयो ।
     

आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने जानकारी दिनुभयो । उक्त अवसरमा बार टेण्डरिङ फेलरिङ सो समेत हुनेछ ।
    

फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बुु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।
    

कार्यक्रममा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत विभिन्न प्रस्तुती रहने जनाइएको छ ।
    

कार्यक्रममा सशुल्क सहभागि हुने व्यवस्था मिलाइएको र यसका लागि सशुल्क अनलाइन टिकेटिङ पाटनरका रुपमा रेभेलसँग सहकार्य गरिएको जानकारी दिदै उहाँले आयोजक टिमका सदस्यबाट समेत टिकट वितरण गरिने बताउनुुभयो । 
    

“कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति कृयाशिल बन्नुुका साथै क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्कीको निरन्तरको सरसल्लाहमा हामी निरन्तर लागिरहेका छौंं”, उहाँले भन्नुुभयो, “कार्यक्रमको सफलताका लागि विभिन्न प्रायोजक, सहप्रायोजक एवम् सहयोगीको साथ सहयोग रहेको छ ।”
    

कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ । 
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्